News Portal

  • एमालेले कर्णालीका अधिकांश पालिकामा उम्मेदवार टुंग्यायो

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
    ८६५ पटक
    ११ वैशाख, २०७९

    नेकपा एमालेले कर्णालीका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश कमिटीले प्रदेश मातहतका जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो ।
    एमाले डोल्पामा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाबाहेक सबै स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । यस्तै दैलेखको आठबीस नगरपालिका र भैरवी गाउँपालिकामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा निर्णयका लागि पठाइएको छ।
    यसैगरी हुम्लाको सबै गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइएपनि उपाध्यक्ष पदको उम्मेदवार छान्न बाँकी छ । प्रदेशका अरु जिल्लाका पालिकामा भने उम्मेदवार फाइनल भइसकेको छ ।
    सूची हेर्नुहोस्

    प्रतिकृया दिनुहोस्