News Portal

  • नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
    ६३६ पटक
    ११ वैशाख, २०७९

    काठमाडौं ।  नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका छन् ।


    नेपाली कांग्रेसले घोषणापत्रमार्फत भ्यूटावर, स्वागतद्धारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ । साथै नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने नगर्ने कांग्रेसले घोषणापत्रमार्फत संकल्प गरेको छ ।
    त्यस्तै, कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले बताएको छ ।
    स्थानीय तहलाई मजबुत बनाउन शिक्षा स्वास्थ्य, प्राकृतिक स्रोत वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि रोजगारी उद्यमलाई पाँच पिलरको रुपमा प्रस्तुत गरेको छ ।
    स्थानीय सरकारमा असल शासनका लागि पारदर्शिता र जवाफदेहिता, नागरिकसँगको सहकार्य, नागरिक स्वतन्त्रता, सामाजिक रुपान्तरण, संघ र प्रदेशसँगको समन्वय र स्रोतको समुचित व्यवस्थापन गर्ने प्रतिद्धता जनाएको छ ।
    हेर्नुस् नेपाली कांग्रेसको घोषणापत्रको पूर्णपाठ :-

    प्रतिकृया दिनुहोस्