News Portal

  • एनआईसी एसिया बैंकमा अनलाईनबाट खाता खोल्नेले अनलाइन सपिङ गर्दा ५ हजार छुट

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
    ७०५ पटक
    ११ वैशाख, २०७९

    काठमाडौं । नयाँ वर्षको अवसरमा एनआईसी एसिया बैंकले विभिन्न अनलाइन सपिङ गर्ने इ-कमर्शसँग समझदारी गरेको छ ।
    एनआईसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेका अनुसार अनलाइनबाट बैंकको बचत खाता खोल्ने ग्राहकहरूले विभिन्न छुट पाउने भएका हुन् । जसका लागि बैंकले दराज, ग्यापु, सस्तोडिल, भोजमाण्डु, फुड बाइट, युजी बजार र पानपीनजस्ता इ-कर्मशवाला कम्पनीसँग समझदारी गरेको हो ।
    अनलाइनबाट खाता खोलेका ग्राहकले कारोबारमा ५ हजारसम्म छुट पाउनेछन् । साथै ट्याक्सीमाण्डु, यति एयरलाइन्स र अल्ट बालाजीका नलाईन प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ ।
    यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्