काठमाडाैं । विवेकशील साझाले काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले विवेकशील साझाले उमेरका हिसाबले र महिला सशक्तीकरणका हिसाबले ४० वर्षमुनिको युवा महिला र ६० वर्षमाथिको अर्को महिलालाई उम्मेदवारको रूपमा अघि सारेको बताइन् । उनले महानगरका लागि दुवै जना महिला उम्मेदवार उठाएर एउटा उपलब्धि हासिल गरिसकेको दाबी गरिन् ।
प्रतिज्ञा पत्रमा निजी क्षेत्रसँगको सह(लगानीमा काठमाडौँभित्र बिजुलीले चल्ने ठुला तथा मझौला आकारका सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गरिने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सरकारी कर्मचारी र विद्यार्थीहरूलाई महानगरको संलग्नतामा संचालन गरिने सार्वजनिक यातायातको प्रयोग नि: शुल्क गरिने, डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिने उल्लेख छ ।
यस्तै, बिजुलीले चल्ने यातायातमा रूपान्तरण गर्ने संस्था/कम्पनीलाई महानगर अन्तर्गतका सबै कर तीन वर्षका लागि मिनाहा गरिने, महानगरमा बढ्दो ट्राफिक जामको समस्या कम गर्न र काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन केवल कार, मेट्रो रेल, द्रुत बस जस्ता प्रणालीहरूको प्राविधिक, आर्थिक र वातावरणीय पक्षहरूको सूक्ष्म अध्ययन गरि विस्तृत परियोजना प्रतिवेदन यथाशीघ्र तयार गरि काम सुरु गरिने उल्लेख छ ।
विवेकशिल साझाको काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा-पत्र सार्वजनिक
बिजुलीका गाडीमा ३ वर्षसम्म कर छुटदेखि मेट्रोरेल चलाउनेसम्म
आर्थीकसंसार संवाददाता३ वैशाख, २०७९
३ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो