News Portal

  • पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

    आर्थीकसंसार संवाददाता२८ चैत्र, २०७८
    १३२५ पटक
    २८ चैत्र, २०७८

    काठमाडौं । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगरदेखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार मुख्य प्रायोजक रहेर एक विशेष आकर्षण बनि आगन्तुकहरुको मन जित्न तत्पर रहेको छ ।


    पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ्रे हिमालको श्रृङ्खलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुविधा सम्पन्न होटेलहरुको सेवा तथा जिप फ्लायएरको समेत साहसिक अनुभव लिन सक्नेछन् । साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु प्नि हेर्न सक्नेछन् । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ ।

    प्रतिकृया दिनुहोस्