काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आधारहीन आरोप लगाइएको बताएका छन् ।
आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले संयुक्त रुपम विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
उनीहरुले अर्थ मन्त्रालय र सरकार हलो अड्काउने र गोरु चुट्ने नीति अख्तियार गर्ने र केन्द्रीय बैंकको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप गर्दै गैरकानूनी निर्देशन दिन मै केन्द्रित भएको आरोप लगाएका छन् ।
उनीहरूले केन्द्रीय बैंकको स्वायत्ततालाई सम्मान गर्दै जारी हस्तक्षेप बन्द गर्न र अधिकारीलाई कारबाही तत्काल फिर्ता लिन माग गरेका छन् ।
‘यस्ता प्रवृत्तिहरु नरोकिने र नसच्चिने हो भने समग्र अर्थतन्त्रको स्वस्थता र वित्तीय प्रणालीको स्थायित्वको लागि ट्रेड युनियन अधिकारको प्रयोग गर्न बाध्य हुने छौं । यसबाट आउनसक्ने सबै परिणामको जिम्मेवारी सम्बन्धित निकाय तथा पदाधिकारी स्वयंले लिनुपर्ने व्यहोरासमेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘गभर्नर अधिकारीलाई लगाइयो आधारहीन आरोप’: बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठन
आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७८
२७ चैत्र, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०