ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थतन्त्र प्रवर्द्धन गर्नका लागि आयातित संस्कारको प्रवर्द्धन नगर्न अपिल गरेकी छन् ।
सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भनिन्, ‘स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौं, आयातित संस्कार प्रवर्द्धन नगरौं, स्वदेशमै उत्पादित खाद्यान्यको प्रयोग गरौं, हाम्रो व्यावहारमा परिवर्तन गरौं र हाम्रो अर्थतन्त्रको प्रवर्द्धन गरौं ।”
व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनको उपयोगमा विशेष जोड दिनुपर्ने मन्त्री भुसालको जोड छ । उनले भनिन्, ‘सिँचाइ विभागका अनुसार सन् २०१९/२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग दुई खर्ब ५० अर्ब रहेकोमा र सन् २०२१/२२ मा ३० प्रतिशतले बृद्धि भएर तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त गम्भीर विषय हो, यसलाई थप बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुपर्छ ।”
हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा बदलाभ ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमी खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताइन् । उनले बसाइसराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवर्द्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा देशको कुनै पनि स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक कार्यान्वयनमा लगेको बताए । उनीहरूले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधनस्रोत तथा नीतिगतरूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
त्यस अवसरमा विभागका पूर्वमहानिर्देशक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सिँचाइ विभागमा महानिर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइ विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयन सबैको सहयोग आवश्यक पर्ने बताए ।
ऊर्जामन्त्री भुसालको स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न अपिल
आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७८
२५ चैत्र, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह