News Portal

  • सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
    १२०९ पटक
    २४ चैत्र, २०७८

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौंस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरे ।
    खेलाडीहरुको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरुको खेल तयारी र आवश्यक खेल सामग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरुमा सहभागिता जनाउँदै आएको छ ।
    उक्त सम्झौताले खेलाडीहरु माझ खेलप्रति झनै धेरै उत्साहित बनाएको छ । साथै यस्ता सम्झौताहरुले खेलाडीहरुलाई खेलमा उत्प्रेरित गराउने र खेलाडीहरुको विकासमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्