काठमाडौं । जीवन बीमक संघले नियामक निकाय बीमा समिति सँग समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल गरेको छ । संघले आज नगरकोटमा आयोजना गरेको यस कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, निर्देशकहरु दिनेश लाल कर्ण, सुशिल सुवेदी, पुजन ढुंगेलको उपस्थित थियो । त्यस्तै संघका सम्पुर्ण पदाधिकारीहरु लगायत जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।
छलफल तथा अन्तर्क्रियामा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको दायरा विस्तारका लागि सम्पुर्ण बीमा कम्पनीहरुलाई अनुरोध गरेका छन् । नेपालमा बीमाको अत्यावस्यक पर्ने जनसमुदाय अझै पनि दायरामा ल्याउन नसकिएको भन्दै अध्यक्ष सिलवालले त्यस्तो समुदायलाई दायरामा ल्याउन सरकार, बीमा समिति र बीमा कम्पनीहरुको समन्वय हुनु पर्ने बताएका छन् ।
बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बीमा नीतिलाई प्रभावकारी रुपमा अगाडी बढाउन र बीमालाई बजेट तथा नेपाल सरकारको नीति तथा कार्यक्रममा समेट्नका लागि पहल गर्न समिति समक्ष आग्रह गरेका छन् । बीमा समितिले बीमा नीतिको मस्यौदा सरकार समक्ष पेश गरेको छ । त्यस्तै आगामी बजेट तथा नीति तथा कार्यक्रममा बीमाको के कस्ता विषय समेट्नु पर्ने हो सल्लाह सुझाव दिन समेत समितिले आग्रह गरेको थियो । संघले आफ्नो तर्फबाट बजेट तथा नीति तथा कार्यक्रममा के कस्ता कुराहरु समेट्ने भन्ने विषयमा संस्थागत रुपमै सुझाव दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
संघले चालु आर्थिक वर्षको सुरुवात देखिनै बीमा समिति सँग त्रैमासिक समिक्षा गर्दै आएको छ । जीवन बीमा व्यवसायमा परेका गाह्रो सार्ह्रो कुराहरुमा गहल छलफल हुने गरेको छ । समितिले जारी गरेका नीति नियमले सकारात्मक नकारात्मक के कस्तो प्रभाव पार्यो बुझ्नका लागि पनि यस्तो अन्तर्क्रियाले मद्दत पुर्याउने गरेको छ ।
जीवन बीमक संघ र समिति विचमा समसामयिक विषयमा अन्तर्क्रिया, व्यवसाय विस्तारमा लाग्न अध्यक्षको निर्देशन
आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७८
१८ चैत्र, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह