काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने कम्पनीले जनाएको छ ।
सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण वार्षिक प्रतिवेदन, हिसाब नगद प्रवाह, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७७ /७८ को लेखापरिक्षक सुशिल एण्ड एशोसिएटस् चार्टर्ड एकाउन्टेन्स सुशिल घिमिरेको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने, कम्पनीको पूँजी वृद्धि गर्ने प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
चार सञ्चालकको निर्वाचन गर्ने एजेण्डा सहित बैशाख ९ गते बोलायो सन नेपाल लाइफले साधारण सभा
आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७८
१८ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न