काठमाडौं । चोभारमा नेपाल बैंकले राजस्व संकलन काउन्टर संचालनमा ल्याउने भएको छ । नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग बीच बैंकले काठमाण्डौंको चोभार सुख्खा बन्दरगाहमा बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भन्सार विभागको तर्फबाट माहानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले भन्सार बिभाग त्रिपुरेश्वर काठमाण्डौमा आयोजित समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापत्रमा भन्सार विभागको आवश्यक्ताता अनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने छ ।
सो अवसरमा भन्सार विभागका माहानिर्देशक कमल प्रसाद भट्टराईले नेपालको पहिलो बैंकसँग राजस्व कारोवारको विषयमा विगत लामो समयदेखी सम्वन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाईमा पुर्याएको बताए ।
उनले नेपाल बैंक भरपर्दो आधुनिक प्रविधि मैत्री भएकाले सम्झौता गरिएको र चोभार सुख्खा बन्दरगाहबाट छिटो छरितो रुपमा राजस्व संकलन हुने बिश्वास व्यक्त गरे।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरु बाट संचालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भंसार बिभाग प्रति आभार प्रकट गर्दै आगामी दिनमा अन्य भन्सार कार्यालयहरुमा पनि बैंकिङ् सेवा उपलब्ध गराउने अवसर प्राप्त हुने बिश्वास व्यक्त गरे।
चोभारमा नेपाल बैंकले राजस्व संकलन काउन्टर संचालनमा ल्याउने
आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७८
१८ चैत्र, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह