News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूलाई सहयोग

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७८
    ७२२ पटक
    १७ चैत्र, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत काठमाण्डौं विश्वविद्यालय हाईस्कूलका विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
    बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्नका लागि सहयोग गरिएको हो ।
    काठमाडौं विश्वविद्यालय हाइस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यमा जुटेका छन् ।
    सोही स्याटेलाइटको निर्माण कार्यका लागि बैंकले ७५ हजारको चेक हस्तानतरण गरेको हो । यस सहयोगबाट आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्न जुटेका सबै विधार्थीहरु र संस्थाहरुलाई मद्दत हुने बताइएको छ ।
    मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्