दोलखा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको छ ।
मंगलबार गौरीशंकर गाउँपालिकामा आयोजित सभामा लामासहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिङ्गुर शेर्पा, गौरीशंकर गाउँपालिका कमिटी उपसचिव अशोक तामाङसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
लामा पाँच वर्षअघिको स्थानीय निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट गौरीशंकर गाउँपालिका अध्यक्षको उम्मेदवार भइ ३४४० मत ल्याएका थिए । उक्त निर्वाचनमा एमालेका सोयम बहादुर खड्काले ४२४९ मत ल्याएर विजयी भएका थिए ।
एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले उनीहरूलाई एमालेमा स्वागत गरेका थिए ।
लामाले माओवादीमा विधि पद्दति सकिँदै गएको र कांग्रेसको भर परेर चुनाव लड्नुपर्ने अवस्था रहेको भन्दै आफू बिनाशर्त एमालेमा समाहित भएको बताए । उनले अघिल्लो निर्वाचनमा आफ्नो भान्जा एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या गरेर माओवादी पार्टीबाटै आफूलाई हराउने षड्यन्त्र रचिएको आरोपसमेत लगाए ।
माओवादी दोलखाका क्षेत्रीय संयोजकसहित जिल्ला नेताहरू एमालेमा प्रवेश
आर्थीकसंसार संवाददाता१५ चैत्र, २०७८
१५ चैत्र, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- १८औँ वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक