काठमाडौं । एलआइसी नेपालको इटहरी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत १ करोड ६ लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले इटहरी उपमहानगरपालिका ५ पचरुखी, सुनसरी निवासी मृतक अम्बर बहादुर राउतको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले भुक्तानी गरेको रकममा बीमा रकम १ करोड रुपैयाँ र बोनश ६ लाख ७० हजार रुपैयाँ गरी जम्मा १ करोड ६ लाख ७० हजार रुपैयाँ दिएको जनाएको छ । मृतकले पहिलो वार्षिक किस्तामा बीमा वापत ५ लाख ३८ हजार ९३७ रुपैयाँ भुक्तान गरेका थिए ।
नीजले कम्पनीमा २०७७ साल असोज ११ गते गरेका थिए । मृतकले ४७ वर्ष हुँदा बीमा गरेका थिए । उनको बीमा अवधि २० वर्ष रहेको थियो । उनको कोरोना संक्रमनको कारण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बीमा दाबी वापतको रकम इटहरी शाखाका प्रबन्धक गुन्जेश ठाकुर, अभिकर्ता शुकमान तामाङ, एजेन्सी म्यानेजर बैजनाथ चौधरी, जितेन्द्र शाह नायक, प्रेम गुप्ता लगायत सम्पूर्ण शाखा परिवारको उपस्थितीमा मृतकको श्रीमति हेमा चौहानलाई हस्तान्तरण गरेको हो ।
एलआइसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७८
१२ चैत्र, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह