News Portal

  • अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच पशुपन्छी बीमा सम्झौता

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७८
    ९३४ पटक
    ९ चैत्र, २०७८

    काठमाडौं । सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको आयोजनामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ। उक्त तालिम अजोड इन्स्योरेन्स कम्पनीले प्रयोजन गरेको थियो । तालिम चैत ६ गते देखि कामधेनु दुग्ध बिकास सहकारी संस्थाको नयाँ कारखाना इटहरीमा चैत ८ गते सम्म संचालन भएको थियो ।
    उक्त कार्यक्रममा सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ र अजोड इन्स्योरेन्स कम्पनी बीच पशुपन्छी बीमा कार्यक्रम गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा सघंका अध्यक्ष बाबुराम खत्री र कम्पनीका सहायक माहा प्रबन्धक डोरिन्द्र राज दाहालले हस्ताक्षर गरेका हुन् ।
    तालिम १ नम्बर प्रदेका सहकारी संस्थाका प्रतिनिधि र पशु प्राविधिकहरुको उपस्थितीमा भएको थियो । सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्रीको सभापति रहेको कार्यक्रममा अजोड इन्स्योरेन्स कम्पनीका सहायक माहा प्रबन्धक डोरिन्द्र राज दाहालको बिशिस्ट अतिथि रहेका थिए । तालिमको सहिजिकरण डोरिन्द्र राज दाहाल र दिपक पोखरेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्