काठमाडदं । ग्रिन भेन्चर्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँको दरमा २८ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गरेको हो ।
सर्वसाधारण समुह तर्फको ३१ लाख २५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । त्यस्तै कर्मचारीका लागि ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषका लागि बाँडफाँड गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि चैत ११ गतेसम्म बिक्री खुला गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।
सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । तर प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण हेर्दा अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उचित छैन । पछिल्लो समय निष्काशन भएका प्राथमिक शेयरमा २५ लाख भन्दा धेरैको आवेदन पर्दै आएकाले यसमा १० कित्ताको लागि मात्रै आवेदन दिनु उपयुक्त हुन्छ ।कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएर विद्युत उत्पादन सुरु गरिसकेको छ । आयोजना निर्माणको लागि १२ अर्ब ८ करोड रुपैयाँ लागेको छ । यस आधारमा प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ पर्न जान्छ ।
ग्रिन भेन्चर्सको आइपिओ निष्काशन
आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
८ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो