News Portal

  • एनआईसी एशिया बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा पाइन्छन् यी २४ फाइदा

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
    ७५० पटक
    ८ चैत्र, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्ने ग्राहकका लागि विभिन्न सुविधा तथा फाइदाहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध गराउने लगायतका सुविधाहरु दिने घोषणा गरेको छ ।
    बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू रहेको जनाएको छ ।
    आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू.८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।
    साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
    बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।
    यस्ता छन् १८ फाइदा

    प्रतिकृया दिनुहोस्