News Portal

  • बैंक अफ काठमाण्डूले हेफर नेपालसँगको सहकार्यमा साक्षरता कार्यक्रम संचालनमा गर्ने

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७८
    ७४१ पटक
    २ चैत्र, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेफर नेपालसँग सम्झौता गरेको छ । हेफर नेपालले विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
    उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालको प्रमुख डा। शुभ नाथ महतोले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य लिएको जानकारी दिएको छ ।
    बैंकको अनुसार उक्त कार्यक्रम संचालनको लागि बैंकले र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निमार्ण गर्नेछ ।
    बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्