काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, MDRT, COT तथा TOT लाई सम्मान कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा मिति २०७८/११/२२ गतेका दिन देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको संलग्नतामा सम्पन्न भयो । उक्त कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख श्री बोध लाल पुरी ज्यूबाट भई स्वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख श्री बाबुराम पौडेले दिनु भयो । कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत श्री स्मृति राज कण्डेल ज्यूले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसाय लाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण दिनु भयो । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गर्नु भयो । उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम, उत्प्रेरक सुदिप वस्नेतले प्रदान गर्नुभयो । अभिकर्ताहरुले यस अभिकर्ता उत्प्रेरणा कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भयो ।
गुराँस लाइफको राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता२ चैत्र, २०७८
२ चैत्र, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह