News Portal

  • एशियन लाइफले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
    ९७७ पटक
    २७ फागुन, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बनियानी उपशाखाले मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले झापा कचनकवल १ का मृतक बीमित जगर्नाथ राजबशिकी श्रीमती अनिता कुमारी राजबंशिलाई २ लाख ५७ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
    बीमितका परिवारलाई मंगलबार निजको निवास कचनकवाला १ मा एक औपचारिक कार्यक्रमको आयोजनामा कम्पनीको प्रदेश १ का प्रमुख रितु रोहित प्रधान बिर्तामोड शाखाका शाखा प्रबन्धन्क दुर्गा प्रसाद निरौला र बनियानी उपशाखाका प्रमुख मेघ बहादुर लिम्बुले उक्त चेक हस्तान्तरण गरेका हुन ।
    गत कार्तिकमा बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा उनको बोल्दा बोल्दै अचानक निधन भएका राजबंशिले कम्पनीको लोकप्रिय योजना जिवन सन्जिवनी गराएको थिए । बीमा अन्तर्गत २ ला ५० हजारको बीमा गराएको कम्पनीले जनाएको छ । उनले बीमाङ्कको प्रथम किस्ता वापत १९ हजार मात्र कम्पनीलाई बुझाएका थिए ।
    कम्पनीका उपशाखाका प्रमुख मेघ बहादुर लिम्बुका अनुसार वैदेशिक रोजगरिमा अचानक मृत्युभएका बीमितलाई कालगत्तिले मृत्यु हुँदा पाउने बीमाङ्क २ लाख ५० हजार र बोनस रकम ७ हजार ५ सय रुपैयाँ गरी एकमुस्ट रकम रु २ लाख ५७ हजार ५ सय रुपैया हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्