News Portal

  • मुक्तिनाथ बैंकद्वारा कैलाश आश्रम धामलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७८
    ८५४ पटक
    २५ फागुन, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले कपिलवस्तुस्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।
    बैंकले कैलाश आश्रम धामद्वारा सञ्चालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो ।
    यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्