News Portal

  • लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७८
    ६३८ पटक
    २४ फागुन, २०७८

    काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीले आगामी चैत १७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सोह्रौं वार्षिक साधारण सभा बोलाएको हो ।
    सभाले गत आर्थिक वर्षको लाभांश प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशित बोनस बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत लाभांश पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ ।
    त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जनालाई सञ्चालकको निर्वाचन गर्दै छ ।
    त्यस्तै, सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी चैत ६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै चैत ५ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्