काठमाडौ. । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवा बाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । ईसेवाका अनुसार यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे ३१, २०२२ सम्म ३ महिनासम्म चालु रहनेछ ।
इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १०,००० बढी भुक्तानी केन्द्र तथा ५,००० बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउनु हुने व्यक्तिको हातसम्म पुग्नेछ ।
हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन रु। २५,००० सम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोवारलाई प्रोत्साहन गर्न यस “शून्य शुल्कमा रेमिट्यान्स“ सेवाले निकै ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, ईसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा Redmi 9i स्मार्ट फोन दिने योजना समेत ल्याएको छ । त्यसका लागि, इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ ।
इसेवाले नेपालका सुविधा सम्पन्न देखि दुरदराज विकट क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।
अब इसेवाबाट निःशुल्क नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने
आर्थीकसंसार संवाददाता२४ फागुन, २०७८
२४ फागुन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन