News Portal

  • एनएमबि बैंकको मालपोत कार्यालयमा विस्तारित काउण्टर शुभारम्भ

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    ७७४ पटक
    २३ फागुन, २०७८

    काठमाडौं । एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १०औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । बैंकले सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले विस्तारित काउण्टर शुभारम्भ गरेको हो ।
    नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको विशेष आतिथ्यता तथा एनएमबि बैंक प्रदेश नं १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रमका माझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।
    उक्त कार्यक्रममा बेलबारी नगरपालिका–३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारित काउण्टरका प्रमुख भानुभक्त न्यौपाने, भूमि सुधार तथा मालपोत कार्यालय बिराटनगरका प्रमुख लोकबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथिको रुपमा रहेका थिए ।

    प्रतिकृया दिनुहोस्