काठमाडौं । प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि.का ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयर (Prabhu Mobile Banking Application) को माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् । यो सुविधा हालको लागि प्रभु बैंक लि. मा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ । यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयरबाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् । फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा (Fone Loan Limit) निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ । यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ । बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिनुुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले ल्यायो फोन लोन सुविधा सञ्चालनमा
आर्थीकसंसार संवाददाता२० फागुन, २०७८
२० फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?