News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा गाईघाटमा

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७८
    ७७५ पटक
    १६ फागुन, २०७८

    काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले उदयपुर गाईघाटकाे त्रियुगा नगरपालिका वडा नं.११ मा  शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो ।
    गाईघाट शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएकाे छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १११ पुगेको छ ।
    सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको बैंकले जनाएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्