News Portal

  • कुमारी जब र लेप्रोसी मिशन नेपाल बीच सम्झौता

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७८
    ७८५ पटक
    १२ फागुन, २०७८

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्देश्यको साथ कुमारी जब र फाउण्ड परियोजना (द लेप्रोसी मिशन नेपाल)बीच सम्झौतापत्रमा सहमति भएको छ ।
    अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्देश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् ।
    सम्झौता पत्रको बारेमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, “शारीरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्दछन् । नेपाली परिप्रेक्ष्यमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।’’


    उहाँँले थप भन्नुभयो, “नेपालमा रोजगारीको क्षेत्रमा योगदान पु¥याउन भविष्यमा यस्ता थप कदम चाल्न कुमारी जब उत्सुक रहेको छ । यो सहमतिले अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरु उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने विश्वास गर्दछौँ ।”
    यो सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्