काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नयाँ तथा पुराना २२ जना अभिकर्ताहरुलाई सम्मान गरेको शाखा कार्यालयले जनाएको छ । साथै सिनियर अभिकर्ताको रुपमा दिपेन्द्र खत्रीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुंगानाले देशभरमा बाग्लुङ शाखा गोल्ड स्टान्यर्ड पर्फमरको रुपमा छनौट गराउन सफल भएको भन्दै बाग्लुङ शाखाका प्रमुख मिना जिसी कँडेल र कर्मचारी कोपिला काउचालाई सम्मान गरेका हुन् ।
सो कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख ढुङगानाले अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बताउंँदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउँदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए ।
इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।
कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुङगाना, म्याग्दी शाखा प्रमुख मुत्ति पौडेल, कुश्मा शाखा प्रमुख प्रशन्न शर्मा पौडेललगायतको उपस्थिति रहेको छ ।
रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान
आर्थीकसंसार संवाददाता
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?