काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २१.०५२ प्रतिशत लाभांश पारित गरेकाे छ । कम्पनीकाे ९ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर र १.०५२ प्रतिशत नगद लाभांश पाउने छन् ।
एलआईसीले आ.व.२०७६/७७ मा कूल १,५०,६२९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशूल्क आम्दानी बापत ३७५२.९७ करोड आर्जन गर्न सफल भएको र उक्त आ.व. को अन्त्यमा ७,६४,३७८ बीमालेखहरूमा सेवा प्रदान गरिरहेको जानकारी दिएकाे छ ।
२०७७ आषाढ मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २४.१७ प्रतिशतले बढेर ६६८४९.६९ मिलियन भएकाे छ जुन अहिलेसम्मकै उच्च बिन्दु हाे । कम्पनीको गत आर्थिक वर्षमा लगानीबाट हुने आम्दानी १६.११ प्रतिशतले बढेको थियो ।
त्यसैगरी साधारण सभाले कम्पनीको केही संस्थापक शेयरधनीहरुको आफ्नो स्वामित्वमा भएको कूल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक शेयर र सर्वसाधारणको अनुपात ७०:३० कायम गर्ने प्रस्तावलाई सर्वसहमतिले पारित गरेको छ ।
एलआईसी नेपालकाे २१.०५२ प्रतिशत लाभांश पारित
आर्थीकसंसार संवाददाता११ फागुन , २०७८
११ फागुन , २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?