काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मनमैजुद्वारा तारकेश्वर नगरपालिका ४ लोलाङस्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन आर्थिक सहयोग गरेको हो ।
शाखाका प्रबन्धक चक्र बहादुर लामाले महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले समुहमार्फत संस्थाले महिला उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग गर्दै आएकोमा लघुबित्त प्रती आभार प्रकट गरेकी छिन् ।
त्यस्तै संस्थाका शाखा प्रबन्ध लामाले महिलाहरु समुहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तीकरण हुनुको साथै समाज बिकासमा परिवर्तन आएको समेत बताए ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको छ । देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब १ लाख ८० हजार घरपरिवारलाई बित्तीय सेवा पुर्याउदै आइरहेको छ ।
मेरो माइक्रो फाइनान्स लघुबित्त मनमैजुद्वारा गणेश महिला केन्द्रलाई आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता९ फागुन, २०७८
९ फागुन, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०