काठमाडौं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव संगालीसकेका छन् र माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् । त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुईदशक जतिको अनुभव सगालेका छन् र अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।
बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ । बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।
माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, नायव महाप्रबन्धकमा अर्याल
आर्थीकसंसार संवाददाता५ फागुन, २०७८
५ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?