आर्थीकसंसार संवाददाता५ फागुन, २०७८
५ फागुन, २०७८काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ मा बस्ने लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँको बीमालाभ सहितको दाबी रकम प्रदान गरेको हो । उक्त रकम नीजको श्रीमान स्व. जमान सिंह देउवाको मृत्यु भएपछि कम्पनीले बीमा राहत वापतको रकम हस्तान्तरण गरेको हो ।
स्व. जमान सिंह देउवाले २०७७ पुस २९ गते २० लाख रुपैयाँको बीमा गरेका थिए । उनले वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँ किस्ता वापत १ किस्ता मात्र तिरेका थिए । उनको कोरोना संक्रमनका कारण मृत्यु भएपछि उक्त रकम वापतको बीमा दाबी कम्पनीले उनको श्रीमतिलाई दिएको हो । मृत्यु दाबी रकम वापतको चेक लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले स्व. मृतक देउवाको श्रीमतिलाई दिएका हुन् ।