आर्थीकसंसार संवाददाता१६ भदौ, २०७७
![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जसअनुसार बैंकले बचत खातामा ० दशमलव ७५ प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दती खातामा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।