काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा बिरुद्ध महाभियोग दर्ता गरेको छ । गठबन्धनका ५ दलका ९८ जना सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावकमा नेकपा माओवादीका प्रमुख सचेतक देव प्रसाद गुरुङ, नेपाल कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवन राम श्रेष्ठ रहेका छन् । त्यस्तै समर्थकमा प्रतिनिधि सभाका ९८ जना सदश्य रहेका छन् ।
२१ बुँदा सहितको महाभियोगमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ । यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको उल्लेख गर्दै उनलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ ।
महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित भएका छन् । संवैधानिक व्यवस्था अनुसार उनी निलम्बित भएका हुन् । यससँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की स्वत: कामु प्रधानन्यायाधीश भएका छन्।
नेकापा एमालेले सर्वोच्च अदालतमा आफुहरुले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी रिट निवेदन दर्ता गरेको थियो । सर्वोच्चले उक्त रिट निवेदनको सुनुवाइका लागि आइतबार पेसी तोकिदिएका थिए ।
एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको छुट्टाछुट्टै मुद्दा एकसाथ पेसीमा चढेको हो । लुम्बिनी प्रदेशका सांसदमाथि भएको कारबाहीको मुद्दासमेत एकैसाथ छ । यो मुद्दामा अन्तरिम आदेश भएको थिएन ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता
आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
१ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?