News Portal

  • मोतिलाल दुगडको ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
    १०४० पटक
    १ फागुन, २०७८

    काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन भएको छ । उनले आइतबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरेका हुन् ।
    विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा घरभित्रै बस्नु परेको बाध्यताको सदुपयोग गर्दै सो पुस्तक लेख्ने अवसर मिलेको उनले बताए ।
    पुस्तक सार्वजिनक कार्यत्र mममा उनले पुस्तक लेख्ने आफ्नो पहिलेदेखिको रुची भएको भएपनि समय अभावको कारण लेख्न नसकेको बताउँदै कोरोनाले त्यो रुची पूरा गरेको धारणा राखे ।
    ३५५ पृष्ठ लामो पुस्तकमा दुगडले आफ्नो पूर्खाको इतिहास, नेपालमा व्यवसायको प्रारम्भिकदेखि अहिलेसम्मको यात्रा, व्यवसाय गर्दै जाँदा विभिन्न समयमा भोगेका अनुभवहरु र उपलब्धिहरु लगायतको विषयमा छर्लङ्ग पारेका छन् ।

    यस्तै, उनले पुस्तकमा सनराइज बैंक स्थापनाको कथादेखि नेपाली बैंकहरुको सँगको सम्बन्धको विषयमा पनि लेखेका छन् । उनले जलविद्युत क्षेत्रमा लगानी आवश्यक रहेको र अबो दिनमा सरकारले त्यसतर्फ ध्यान दिनु पर्ने विषय पनि पुस्तकमा उल्लेख गरेका छन् ।
    पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि रहेका माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र डा. सन्दुक रुइतले पनि उनको दुगडको प्रशंसा गरे । नेपाली उद्योग व्यवसायमा उनले पुर्याएको योगदान र पुस्तक नेपाली उद्योग व्यवसाय क्षेत्रमा एक महत्वपूर्ण दस्तावेजका रुपमा रहने धारणा राखे ।
    यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर विजयनाथ भट्टराई, चिकित्सक डा भोला रिजाल लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुको पनि उपस्थिती थियो ।

    प्रतिकृया दिनुहोस्