काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाको प्राथमिक शेयर भाग्यमानी ४८ हजार ७९० जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । प्राथमिक शेयरका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये बाँडफाँडका लागि २५ लाख ८७ हजार ४१२ जना मात्रै योग्य थिए ।
संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता शेयर बाँडफाँड गरेको हो । यस मध्ये ८ हजार कित्ता कर्मचारीहरुले प्राप्त गरेका छन् । त्यस्तै २६ हजार १०० कित्ता सामुहिक लगानी कोष म्युचुअल फण्डले प्राप्त गरेका छन् ।
उनिहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर ४८ हजार ७९० जनाले १०/१० कित्ताले प्राप्त गरेका हुन् । प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले लक्की ड्र मार्फत उनिहरुलाई छनोट गरेको हो । प्राथमिक शेयरको नतिजा दुई घण्टा पछि सिडिएससीको वेवसाइटबाट हेर्न सकिन्छ । संस्थाले माघ २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो ।
४८ हजार ७ सय ९० जनाले पाए जाल्पा सामुदायिक लघुवित्तको आईपीओ
आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
१ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?