News Portal

  • कामना सेवा विकास बैंकको ‘कामना सेवा कस्टुमर डे’ सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
    ११९३ पटक
    २८ माघ, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले ‘कामना सेवा कस्टुमर डे’ सम्पन्न गरेको छ । ‘के एस बि बि एल कार्ड’ फेब्रुअरी ९–२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनलाई वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कस्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको हो ।
    बैंकले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिँदै प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई धन्यवाद दिँदै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उत्तरोतर प्रगतिमा निरन्तर साथ र सहयोग प्रदान गरेकोमा सम्पूर्ण ग्राहकहरुप्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकताअनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताए ।

    प्रतिकृया दिनुहोस्