काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा कमलपोखरी काठमाडौंमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्यो । स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजारको खर्चसमेत सभाले अनुमोदन गरेको छ । सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारणसभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । कार्यक्रमको अन्त्यमा संचालक सुरेश सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएपछि सभा समापन भएको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता२७ माघ, २०७८
२७ माघ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न