काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा नविल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले नियामक निकाय तथा बैंकहरु दुबैको कमजोरीका कारण बजारमा तरलता अभावको समस्या चर्किएको बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले आयोजना गरेको तरलता अभावको कारणसम्बन्धी पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले लिएको नीति र नाफा बढाउनै पर्ने बैंकहरुको दबाबका कारण बजारमा तरलता अभाव बढेर गएको उनको भनाई छ ।
‘रेमिटान्ससँगै विकृति पनि भित्रिएको छ, रेमिटान्स बढ्दा आयात पनि बढ्यो, बैंकहरुलाई पनि पुँजी बृद्धिको अनुपातमा नाफा बढाउनु पर्ने दबाब सिर्जना भयो, यस्तै कारणले तरलता अभाव भएको हो,’ अध्यक्ष पौडेलले भने ।
सीबीफीनले तरलता अभाव सम्बन्धमा एक समिति बनाएर अध्ययन गराएको थियो । सो अध्ययन समितिको संयोजक पौडेल थिए । सीबीफीनले सो प्रतिबेदन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइसकेको छ । सोही प्रतिवेदन सार्वजनिक गर्नको लागि सीबीफीनले पत्रकार सम्मेलन आयोजना गरेको हो ।
तरलता अभाव हुनुमा राष्ट्र बैंक र बैंकर दुबै दोषी: बैंकर उपेन्द्र पौडेल
आर्थीकसंसार संवाददाता२३ माघ, २०७८
२३ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन