काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा पहिलो दिनमै १४.८९ गुणा बढी आवेदन परेको हो ।
माघ २१ गते साँझ ५ बजेर ७ मिनेट जाँदासम्म ७२ लाख ६५ हजार ४६० कित्ता सेयरको लागि आवेदन परेको हो । यो अवधिसम्म ५ लाख ८१ हजार ४९८ जना आवेदकले ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन दिइसकेका सिडिएससीले जनाएको छ ।
जुन सर्वसाधारणमा माग गरेको तुलनामा करिब पौने १५ गुणाले बढी हो । लघुवित्तले सर्वसाधारणमा ४ लाख ८७ हजार ९०० कित्ता सेयर माग गरेको हो । लघुवित्तले सर्वसाधारणलाई सहित कूल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरिरहेको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको छ ।
यससँगै इच्छुकले माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । इच्छुकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । तर संस्थाले बिक्रीमा राखेको आईपीओको कित्ता एकदमै न्यून भएकाले लगानीकर्ताले १० कित्ताको लागि मात्र लगानी गर्दा उपयुक्त हुने देखिन्छ ।
त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।
जाल्पा सामुदायिकको आईपीओ एकैदिन पौने ६ लाख बढीले भरे
आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
२१ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?