काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा कूल १ अर्ब ६ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको जनाएको छ । २०७८ साल पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३० अर्ब रहेको छ । करिब ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ ।
कम्पनीले आफ्नो तेह्रौं वार्षिक साधारण सभा काठमाण्डौं मैतीदेवीस्थित आफ्नै भवनबाट माघ २१ गते आज शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेका आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने तथा २ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) वितरण गर्ने संचालक समितिको प्रस्ताव लगायतका प्रस्ताव पारित गरेको छ ।
२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।
एशियन लाइफले आर्जन गर्यो ३ अर्ब ४६ करोड बीमा शुल्क
आर्थीकसंसार संवाददाता २१ माघ, २०७८
२१ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो