News Portal

  • सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२० माघ, २०७८
    ९२९ पटक
    २० माघ, २०७८

    काठमाडाैं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।
    यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
    हालसम्म १२ अर्ब ७६ करोड योगादन रकम सङ्कलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आवद्ध भएका छन् । बागमतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन् ।
    कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ३२ हजार ३३५, प्रदेश नं १ बाट ३१ हजार ८२०, मधेस प्रदेशबाट १८ हजार १८२, गण्डकीबाट १२ हजार ७६२, लुम्बिनीबाट ११ हजार ६६७, सुदूरपश्चिमबाट एक हजार २३३ र कर्णालीबाट ९८८ योगदानकर्ता सूचीकृत भएका छन् ।

    प्रतिकृया दिनुहोस्