काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३ दशमलव ४३ प्रतिशतले बढि हो । गत वर्षको सोही अवधिमा संस्थाले १३ करोड ४१ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको चुक्ता पुँजी ५८ करोड ७७ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ५९ करोड ४१ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७२ दशमलव २१ प्रतिशतले बढेर ४४ करोड ४० लाख ६५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोेही अवधिमा संस्थाको खुद व्याज आम्दानी २५ करोड ७८ लाख ६२ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ८३ दशमलव ४३ प्रतिशतले बढेर ३९ करोड ६ लाख ४० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २१ करोड २९ लाख ५९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ८३ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ २८ पैसा रहेको छ ।
नेशनल माइक्रोफाइनान्सको नाफा ८३% ले बढ्यो
आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
१७ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?