News Portal

  • एशियन लाइफ इन्स्योरेन्सको सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    १०३३ पटक
    १४ माघ, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले जीवन बीमासम्बन्धी सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ । जीवन बीमाको लागि गरिने बचतले बीमावापतको सुरक्षाको प्रत्याभूति दिने मात्र नभएर आर्थिक सम्मुन्नति पनि सँगसँगै प्रदान गर्छ भन्ने सन्देश दिने प्रयास गरिएको छ ।
    केही वर्ष अघिमात्र साहूको वर्कशपमा जागिरे देव नाम गरेका मुख्य पात्र अहिले आफ्नै मोटरसाइकल वर्कशपका मालिक भएका छन्। उनले आफ्नो वर्कशपमा चार पाँच जना युवालाई रोजगारी दिएका छन् । हरेक महिना तलब बाँडेपछि उनी आफ्ना सबै कामदारलाई जीवन बीमाको किस्ता रकम तिर्नको लागि अनिवार्यरुपमा बचत गर्न लगाउँछन् ।
    आफ्नो नियमित आम्दानीबाट केही रकम जीवन बीमाको किस्ताको लागि छुट्याउनुपर्छ भन्ने शिक्षा उनले आफ्नो मालिकबाट पाएका हुन् । त्यही सिकोलाई उनले आफ्नो वर्कशपमा कार्यरत कामदारलाई समेत पालन गर्न प्रेरित गरेको कथा चित्रण गरिएको छ ।


    जीवन बीमासम्बन्धी प्रायः श्रव्यदृश्य सामाग्री वा विज्ञापनहरुमा घरपरिवार, श्रीमान श्रीमतिलाई मुख्य विषयवस्तु श्रव्यदृश्य सामाग्री उत्पादन गरिंदै आएकोमा एशियन लाईफ इन्स्योरेन्सले त्यस्तो प्रवृत्तिलाई तोड्दै फरक प्रसंग र पात्रहरुलाई जीवन बीमा सचेतनाको माध्यम बनाएको छ । साथै आर्थिक रुपमा सम्पन्नहरुबीच मात्र जीवन बीमाको प्रचारप्रसार केन्द्रित रहने गरेकोमा यो श्रव्यदृश्यले सामान्य आर्थिक पृष्ठभूमिका कामदार, ज्यालादारीका लागि पनि सामान्य आम्दानीबाट समेत बचत र जीवन बीमा गर्न संभव छ भन्ने सन्देश प्रवाह गरेको छ ।
    यो श्रव्यदृश्य सामग्री कम्पनीको प्रचारभन्दा पनि जीवन बीमाको महत्व बुझाउन केन्द्रित छ, एशियन लाईफ इन्स्योरेन्सले भनेको छ, जीवन बीमाको लागि सबैलाई प्रेरित गर्नु हाम्रो मूल उद्देश्य हो ।

    प्रतिकृया दिनुहोस्