काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम झिक्दा मात्रै शुल्क लाग्दैनथ्यो । अरु बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा शुल्क तिर्नुपथ्र्याे ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत जुनसुकै बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिने नीतिगत व्यवस्था गरेको थियो ।
मौद्रिक नीतिमा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन जारी गर्दै शुल्क नलाग्ने व्यवस्था गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि सो अवधिभर कुनै पनि एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।
‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्य स्वदेशभित्रै अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै पनि शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने
आर्थीकसंसार संवाददाता१५ भदौ, २०७७
१५ भदौ, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न