आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
१३ माघ, २०७८काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।
उक्त रेटिङ निष्काशनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको इक्रा नेपालले जनाएको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले विक्री प्रवन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।