काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ ।
बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा चालु आर्थिक वर्षको साउनमा जीवन बीमालेख १७.२० प्रतिशतले बढेको छ । यस्तै, निर्जीवन बीमालेख भने ३७.३२ प्रतिशतले बढेको छ ।
समितिका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ६० लाख २४ हजार बीमालेख विक्री भएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा ७० लाख ६१ हजार रुपैयाँ बीमालेख विक्री भएका छन् ।
जीवन बीमा शुल्क घट्यो
बीमा लेखको संख्यामा बृद्धि भएपनि बीमा शुल्क भने घटेको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा ३.५६ प्रतिशतले बीमा शुल्क घटेको हो । गत आर्थिक वर्षको साउनमा १० अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने जीवन बीमा कम्पनीले १० अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
घट्यो वैदेशिक रोजगार बीमालेख
आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तमा वैदेशिक रोजगार बीमालेख संख्या १३ लाख ५३ हजार रहेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा भने सो संख्या ८ लाख ६० हजार पुगेको छ । वैदेशिक रोजगार बीमालेख संख्याका आधारमा १०.८५ प्रतिशतले घट्न पुगेको छ ।
निर्जीवन बीमालेख ३७ प्रतिशतले बढ्यो
निर्जीवन बीमातर्फ गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा ३७.३२ प्रतिशतले बढ्न पुगेको छ ।
अघिल्लो आर्थिक वर्षका साउन महिनाको अन्त्यमा १ लाख ७५ हजार बीमालेख थिए । चालु आर्थिक वर्षको साउन मसान्तमा भने बीमा लेखको संख्या २ लाख ४१ हजार छ ।
निर्जीवन बीमाशुल्क ११ प्रतिशतले बढ्यो
निर्जीवन बीमातर्फको बीमाशुल्क १०.८९ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको निर्जीवन बीमा शुल्क चालु आर्थिक वर्षको सोही महिनामा २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
बीमाको दायरा बढ्यो
गत आर्थिक वर्षको साउन महिनामा बीमाको दायरामा आएको जनसंख्याको ०.१९ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको सोही समयमा ०.२१ प्रतिशत रहेको छ ।
बीमा कम्पनीहरुको संजाल पनि बढ्यो
बीमा कम्पनीहरुको कार्यालय संख्यामा १०.३५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउन मसान्तमा २ हजार ५ सय १२ रहेको कार्यालय संख्यामा वृद्धि भइ चालु आर्थिक वर्षको साउन मसान्तमा २ हजार ७ सय ७२ पुगेको छ ।
८ प्रतिशतले बढ्यो रोजगारी
बीमा कम्पनीहरुको कर्मचारी संख्या ८.१० प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको साउन मसान्तमा कर्मचारीहरुको संख्या ९ हजार ३ सय ७० रहेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा सो संख्यामा वृद्धि भई १० हजार १ सय २९ पुगेको छ ।
कोरोना संक्रमणकै बीचमा बीमा व्यवसायमा बृद्धि
साउनमै बढ्यो जीवन १७ प्रतिशत र निर्जीवन ३७ प्रतिशत
आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
१५ भदौ, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह