काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट इसेवा १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । २०६६ सालमा मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको यसले नेपालको भुक्तानी प्रणालीलाई धेरै सहज बनाइदिएको छ ।
इसेवाले मात्रै नेपालको डिजिटल भुक्तानीको बजार हिस्सा ८० प्रतिशत ओगट्न सफल भएको छ । आजको दिनमा इसेवाको प्रयोगकर्ता ५० लाखभन्दा धेरै छन् भने एक लाख ३० हजारभन्दा धेरै एजेन्ट छन् । दैनिक ५ लाखभन्दा धेरै कारोबार हुने गरेको छ । इसेवाको प्रणालीमा तीन वटा मर्चेन्ट, ५१ वटा बैंक र ३ सय भन्दा धेरै सहकारी रहेका छन् ।
इसेवाले १३ वर्ष पुरा भएको उपलक्ष्यमा विभिन्न अफरहरु लिएर आएको छ । कम्पनीले १३औं वार्षिकोत्सवको अवसरमा न्युनतम १३० रुपैयाँ भन्दा धेरै कारोबार गर्नेलाई ३ प्रतिशत क्यास ब्याक गर्ने भएको छ । त्यसै आज पहिलो कारोबार गर्ने १३ जनाले भने न्युनतम १०० रुपैयाँको कारोबार गरेमा पनि यो अफर पाउका छन् ।
आज नयाँ रजिष्ट्रेसन गर्नेले १३० रुपैयाँ बोनशका रुपमा प्राप्त गर्ने छन् । यो सुविधा पहिलो एक हजार नयाँ ग्राहकहरुले पाउन सक्ने छन् । त्यस्तै इसेवाको अकाउन्ट लिन्क गर्नेले पनि आज १३० रुपैया प्राप्त गर्ने छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा समेत सहजता प्रदान गर्दै आइरहेको छ । सामान्य किसिमको भुक्तानीमा पनि लाम बस्नु पर्ने अवस्थालाई इसेवाले विस्थापित गराइदिएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटरबाट मात्र चलाउन मिल्थ्यो । सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स रिचार्जमा गइसकेको थिएन ।
इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर, अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ । मोबाइलमा रिजार्ज गर्ने प्रणालीबाट लोकप्रिय बनेको इसेवा अहिले हरेक किसिमका भुक्तानीमा वालेट बन्दै आइरहेको छ । जसले खल्तिमा टन्न पैसा बोकेर हिड्नु पर्ने झण्झटलाई निराकण गर्दै मोबाइलबाटै सबै किसिमको भुक्तानीलाई सहजता प्रदान गरिदिएको छ ।
ई–सेवा नेपालको पहिलो डिजिटल वालेट १४औं वर्षमा प्रवेश
आर्थीकसंसार संवाददाता११ माघ, २०७८
११ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?