काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते एक दिनको लागि बुक क्लोज गर्दैछ । त्यसकारण आज माघ ११ गतेसम्म शेयर खरिद गर्ने शेयरधनीले २७ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।
कम्पनी लिमिटेडले १३औं साधारण सभा माघ २१ गते शुक्रबार आह्वान गरेको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको वीरगंज महानगरको होटल लड्र्स प्लाजामा सञ्चालन हुनेछ ।
सञ्चालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश यस पटकको साधारण सभामा शेयरधनीको लागि मुख्य आकर्षण हुने भएको छ । साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाबलगायत वित्तीय विवरणमा छलफल र पारित गर्ने कार्यक्रम रहेको छ ।
साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९० हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरिँदैछ । त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरिने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।
साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभामा पेश गरिँदैछ ।
त्यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्तावसमेत पेश गर्नेछ । साधारण सभामा शेयरधनीहरु भौतिक वा अभौतिक कुनै पनि माध्यमबाट सहभागिता जनाउन सक्ने एशियन लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको सूचनामा उल्लेख छ । शेयरधनीले एनआइबीएल एस क्यापिटलबाट जुम मिटिङको लागि आइडी र पासकोड प्राप्त गर्न सक्नेछन् ।
एशियन लाइफको बम्पर लाभांश आज सम्म शेयर किन्नेले पाउने
आर्थीकसंसार संवाददाता११ माघ, २०७८
११ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो