News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन खबर’ जर्नल प्रकाशित

    आर्थीकसंसार संवाददाता१० माघ, २०७८
    ८३३ पटक
    १० माघ, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका समीक्षा स्वरुप जर्नल सिटिजन खबर सार्वजनिक गरेको हो ।
    कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रबन्धक दिप बहादुर बि.सी. साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा उक्त जर्नल प्रकाशित गरेका थिए ।
    जर्नलमा बीमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका विगतका सम्झनाका साथै कम्पनीका व्यवसायिक उपलब्धीहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।
    जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालयलगायत विभिन्न शाखा कार्यालयहरुमा र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्